सिटिजन्स क्यापिटलको वार्षिक साधारणसभाबाट १५.५% नगद लाभांश अनुमोदन

काठमाडौं –सिटिजन्स क्यापिटलको आज सम्पन्न १८औँ वार्षिक साधारणसभाबाट १५.५ प्रतिशत नगद लाभांश अनुमोदन भउको छ। काठमाडौंको ज्ञानेश्वरस्थित एटिक मिटिङ हलमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो । सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आव २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ…