दसैंमा नयाँ नोट नछाप्दा जोगिनेछ राज्यकोषको अर्बौं रकम

काठमाडौं – दसैं आउनासाथ धेरै नेपालीको एउटा खास चाहना हुन्छ, नयाँ र सुकिला नयाँ नोट । मान्यजनको हातबाट टिका लगाउँदा नयाँ नोट राखेर आशिर्वाद लिने चलनले यसले विशेष महत्व पाएको छ । तर, पछिल्ला दुई वर्षदेखि यो चाहना अधुरो बनेको छ । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दसैंका लागि नयाँ नोट निष्कासन नगर्ने घोषणा…