काठमाडौं – बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा आज वैशाख २४ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
प्रदेश राजपत्रको खण्ड ८ संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१ चैत्र २१ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएकाे हाे ।
प्रदेश सरकारले चैत १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदासहित क्यालेन्डरमा नै उल्लेख गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया