राष्ट्र बैंकद्धारा चालु पुँजीकर्जा संशोधन, यी हुन १० संशोधित बुदाँहरु

राष्ट्र बैंकद्धारा चालु पुँजीकर्जा संशोधन, यी हुन १० संशोधित बुदाँहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको छ । कात्तिक १ गते राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उक्त मार्गदर्शन पालन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको थियो । जसकारण उद्योगी, व्यवसायीहरुले उक्त मार्गदर्शनको विरोधमा सडक आन्दोलन गरेको थियो । उद्योगीहरुले २ बर्ष मार्गदर्शन लागु नगर्न भनेपनि राष्ट्र बैंकले भने  उक्त मार्गदर्शनलाई संशोधन मात्र  गरेको हो ।  

यस्तो छ संशोधित मार्गदर्शन 
१. १  करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २०५ वा ४०५ को अधिकतम सिमा नलाग्ने । बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने ।

२. १ करोड देखि २  करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २५५  को सीमालाई ४०५ को अधिकतम सिमा बनाईयो । बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने ।)

३.२  करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २५५  को सीमा अस्थिर कार्य पूँजी(fluctuating working capital) को लागी यथावत । स्थायी कार्यशील पूंजी(Permanent working capital)लागी   कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो ।

४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण  बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत ।

५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले  चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धबार्षिक बनाईयो ।

६. कर्जा अधिकारीले चालू पूजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने अनी एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाईयो ।

७. एक पटक भन्दा बढि तदर्थ आधार(adhoc basis)मा कर्जा आवश्यकता परेमा बैकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यबस्था थप ।

८. प्रत्येक त्रैमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाईने तर नविकरण गर्न बाधा नपर्ने ।

९. २०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा अस्थिर(fluctuating)र स्थायी कार्य पूँजी(permanent working capital)                                                मा बर्गिकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने ।

१०. २०७९÷०७÷०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पौष मसान्त २०७९ बाट आधार लिई ६,६ महिनामा १०५, २०५, २०५, २०५,  ३०५ गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षक मा परिवर्तन गरी चुक्ता गर्न पाईने ।
नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीको फेसबुकबाट साभार