काठमाडौं – संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहारसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–८, शिव मन्दिर चोकबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम याम ढुंगाना रहेका छन् । उनीहरूलाई संरक्षित वन्यजन्तुसँग सम्बन्धित अपराधमा संलग्न रहेको विशेष सूचनाका आधारमा निगरानी राखी पक्राउ गरिएको बताइएको छ।
उनीहरूको साथबाट सालकको खपटा जस्तो देखिने करिब २ किलो तौलको आखेटोपहार र सालकको छालासहितको खपटा जस्तो देखिने २ थान आखेटोपहार बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद सामानसहित दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ।



About Us
प्रतिक्रिया