मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा करोडौँ रुपैयाँको अनियमितता


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा २०७९।०८० मा भएको जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएको ठुलो आर्थिक अनियमितता प्रकरणमा विशेष अदालत काठमाडौंमा मुद्दा द्दायर भएको छ ।  तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह ८ जना र सेभेन हिल्स प्रालि उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप पत्र दायर गरिएको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम खरिद कार्यको गुरु योजना नबनाई तथा पूर्व सम्भाव्यता अध्ययनसमेत नभएको आयोगले जनाएको छ।लाभ लागत विश्लेषण र उपयुक्त खरिद विधिसमेतको पहिचानसमेत नगराई बजेट माग गरिएको खुल्न गएको छ। खरिद गरिएका उपकरणहरू कुन कुन पालिकामा जडान गरिने समेत खुलाइएको थियो । 

आपूर्तिकर्ता सेभेन हिल्स प्रालि, सिनामंगल, काठमाडौंसँग मिलेमतो गरी बदनियतपूर्वक स्वीकृत स्पेसिफिकेशन र बोलपत्रमा कबोल भए विपरीत माग गरिएको भन्दा कम फिचरहरू भए तापनि स्पेसिफिकेशन बमोजिम नै सामाग्री आपूर्ति भएको भनी सामाग्रीहरू स्वीकार गरी अस्वाभाविक रूपमा बढी मूल्य तिरेको र कम मूल्यका मालसामानहरु स्पेसिफिकेशन बमोजिम नै रहेको भनी गलत  प्रतिवेदन पेश गरी भुक्तानीको लागि सिफारिस गरी गराएको थियो । 

सेभेन हिल्सले काठमाडौंलाई ५ करोड १ लाख ९०० हजार बराबरको भुक्तानी गराएको पुष्टि भएको आयोग जनाएको छ ।