डिजिटल भुक्तानी प्रयोग सम्बन्धी सर्वेक्षण गर्दै काठमाडौं फिनटेक


काठमाडौं – काठमाडौं फिनटेक प्रा.लिले डिजिटल भुक्तानी प्रयोग सम्बन्धी सर्वेक्षण गर्ने भएको छ । कम्पनीले नेपालको डिजिटल भुक्तानीबारे बुझ्नका लागि सर्वेक्षण गर्ने भएको हो ।

कम्पनीकाअनुसार सर्वेक्षणको उद्देश्य डिजिटल भुक्तानी सेवासम्बन्धी आम मानिसका धारणा, प्रयोगको अवस्था, चुनौतीहरू र अपेक्षाहरू बुझ्नु रहेको छ ।

डिजिटल भुक्तानी प्रयोग सम्बन्धी सर्वेक्षणको नतिजा आगामी वैशाख २५ गते हुने नेपाल फिनटेक महोत्सवमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सो सर्वेमा सहभागि हुन तलको लिंक क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeYL1BYTqTyaDkXsSstmMDzNPaiyTnSKJB6SP-Sd5G4NRdLOA/viewform