समृद्धि फाइनान्सका स्वतन्त्र सञ्चालक हमालले दिए राजीनामा 


काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडको वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक जंग बहादुर हमालले राजीनामा दिएका छन् ।  हमालले २०८१ फागुन २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । 

फागुन २३ गते बसेको सञ्चालक समितिको ५१३ औँ बैठकबाट उक्त निर्णय  स्वीकृति भएको कम्पनी सचिव विनोद राज पौडेलले जानकारी दिए ।