काठमाडौं – महानगरपालिकाले महिलाका लागि तर्जुमा भएका कानुनी प्रबन्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, लक्षित वर्गका कार्यक्रमको प्रभावकारिता बढाउँदै लैजाने र वितरित सेवाको विश्लेषण गरेर पहुँच बढाउने कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सम्पन्न कामका विषयमा जानकारी दिँदै आगामी योजनाका विषयमा छलफल गरियो ।
छलफलमा महानगरपालिकाका विभिन्न विभागबाट सेवा, सहयोग तथा लाभ प्राप्त गर्ने लाभग्राही महिलाको सङ्ख्या, अवस्था र आवश्यकताका विषयमा छलफल भएको थियो । यस्तै सामाजिक, सांस्कृतिक, भावनात्मक र विकासात्मक अभ्यास, अनुभूति तथा भोगाइका विषयमा धारणा व्यक्त गरिएका थिए ।






About Us
प्रतिक्रिया