काठमाडौं – सरकारसँग ५ बुँदे सहमति भएसँगै एलपी ग्यास उद्योगीहरूले तत्कालका लागि आन्दोलन फिर्ता लिएका छन् । आज भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहित ५ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएकाे हाे।
प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएपनि यसको मार उपभोक्तामा नपर्ने नेपाल आयल निगमनले जनाएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो। ग्यास उद्योगीहरुले माघ २४ गते विभिन्न मागसहित १९ बुँदे ज्ञापनपत्र मन्त्रालयमा बुझाएका थिए ।



About Us
प्रतिक्रिया