विपद् व्यवस्थापन कोषमा अर्थ मन्त्रालयले जम्मा गर्‍यो एक अर्ब रुपैयाँ


काठमाडौं – अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थमन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।