काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारणसभा मंसिर २८ गते शुक्रबार बोलाएको छ। लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजे सभा बोलाएको हो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ वितरणको प्रस्ताव पेश गरिनेछ।
लघुवित्तले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।






About Us
प्रतिक्रिया