नयाँ रिक्सा पाउँदा ह्याप्पी पासवान भए ‘ह्याप्पी’

नयाँ रिक्सा पाउँदा ह्याप्पी पासवान भए ‘ह्याप्पी’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, विराटनगर ।
विराटनगरको तातो घाममा ह्याप्पी पासवानको दैनिकी निकै कष्टकर थियो ।  दैनिक कम्तीमा पनि ६ सय भन्दा माथि कमाउनै पर्ने बाध्यता उनीमाथि थियो । रिक्सा चलाउँदै, हर्न बजाउँदै, मान्छे बोलाउँदै उनको दैनिकी चलेकै थियो । रिक्सा साहुलाई ६ सय रुपैँया बुझाउनै पथ्र्यो । बाँकि कति बचत हुन्थ्यो, त्यतीले नै उनले घर खर्च चलाउँदै आएका थिए । तर अहिले उनीसँग आफ्नै रिक्सा छ । साहुलाई बुझाउने पैसा उनले जीवन विकास लघुवित्तलाई बुझाउँछन ।

जीवन विकास लघुवित्तबाट रिक्सा पाएका उनले हर्षित हुँदै भने, ‘बरु साहुलाई बुझाउने पैसा लघुवित्तको किस्ता तिरेपछि केही वर्षमै रिक्सा आफ्नो हुन्छ । त्यसपछि मेरो जीवन झनै सहज हुनेछ।’ जीवन विकासमा उनकी श्रीमती सदस्य छन । सदस्य भएकै कारण उनका दम्पतीलाई लघुवित्तले रिक्सा उपलब्ध गराएको हो ।  पासवानले विगतमा ठेला चलाउँथे । त्यसपछि उनले साहूको रिक्सा चलाउने काम थाले ।

कमाई राम्रै थियो । तर, कमाएको सबै मालिकलाई दिनुपर्ने भएपछि उनी आफैले रिक्सा खरिद गर्ने निर्णय गरे । विगतलाई सम्झिदै उनले भने ‘कमाई भएको दिन त ठिक थियो तर नभएको दिन । आफ्नो रिक्सा नभएपछि साहुलाई बुझाउनै पर्ने । दिन रात नभनी रिक्सा चलाउँदा पनि मासिक १८ हजार बुझाउनै पथ्र्यो । तर यो चिन्ताबाट मुक्त हुनको लागि जीवन विकासले सहयोग गर्यो ।’ ह्याप्पी पासवानकी श्रीमती पानो देवी पासवान बिगत ३ बर्षदेखि उक्त संस्थाबाट कारोबार गर्दे आईरहेकी थिईन । हरेक श्रीमानको प्रगतिमा श्रीमतीको हात हुन्छ भनेझै ह्याप्पी पासवानको प्रगतीमा उनकी श्रीमतीको ठुलो हात छ । 

ह्याप्पीको विगत 

आर्थिक रुपले कमजोर भएपनि ह्याप्पी पासवान केही गर्नुपर्छ भन्ने विचारका व्यक्ति थिए । उनले सुरुमा ठेला चलाए, तर धेरै श्रम र कमाई कम भएपछि उनको सोचमा परिवर्तन आयो । त्यसै अनुरुप उनले सिटी रिक्सा चलाउने विचार गरे । तर विचार गरेर मात्र पनि हुँदैन । हातमा पैसा पनि हुनुपर्छ । पैसा नभएपछि उनले साहुको नै भएपनि रिक्सा चलाउने निर्णय गरे । सिटी रिक्सामा राम्रो कमाई देखेका ह्याप्पीले रिक्सा भाडामा लिए तर भाडा भने दिनको ६ सय ।
\"\"
चाहे कमाई भएको दिन होस वा नहोस साहूको हातमा दिनमा ६ सय त राख्नै पर्ने । यसरी उनले हालसम्म करिब ६ लाख ६८ हजार साहूलाई बुझाए । तर कमाउँदा कमाउँदै पनि उनको जीवनमा भने खासै परिर्वतन भने आएन । मिहेनत आफ्नो तर कमाईमा भाग लगाउनु पर्दा निकै गाह्रो भयो । बिराटनगरको तातो घाममा खटेर कमाएको पैसामा हिस्सा लगाउनु परेपछि उनकी श्रीमतीले पनि आफ्नै रिक्सा चलाउने सुझाव आफ्ना पतिलाई दिईन । यसरी जीवन विकास लघुवित्तले उनीहरुको जीवनमा हौसला दियो । कर्जामा रिक्सा निकालिदियो केही समय किस्ता बुझाएपछि रिक्सा आफ्नै ।

जीवन विकासले ह्याप्पी पासवानलाई अझ ह्याप्पी बनाइदियो ।  रिक्साको मूल्य २ लाख ६५ हजारमा पर्छ । ह्याप्पीले दिनको ३ सय महिनामा ८ हजार ६ सय बुझाए पुग्छ । उनले यही दरमा रकम चुक्ता गर्दे जाने हो भने ३ बर्ष भित्र रिक्सा आफ्नै हुन्छ । वर्षौ दुःख गर्दा नभएको अब ३ वर्ष मात्रै दुःख गर्दा जीवन सहज हुने भयो । जीवन विकास लघुवित्तमा एक पटकमा एउटा सदस्यले दिनको ५० हजार सम्म जम्मा गर्न सक्छन । यस्तै ३० हजार सम्म रकम झिक्न पाउँछन् । आवश्यक परेको खण्डमा पासवानले सोही लघुवित्तबाट रकम पाउन पनि सक्छन् । समय सिमा भन्दा अघि नै कर्जा चुक्ता गर्न सके ३ वर्षसम्म पनि कुर्नु पर्दैन । 

छोरालाई कम्प्युटर इन्जिनियर पढाउँछन ह्याप्पी

ह्याप्पी भन्छन्,‘यही कमाई मार्फत नै छोरा लाई कम्प्युटर ईन्जिनियर पढाए । यदि जीवन विकासले मलाई सहयोग नगरेको भए, मेरो छोराले इच्छा लाग्ने बिषय पढ्न पाउँदैनथ्यो ।’ ह्याप्पीले विदेश जाने विकल्प पनि नसोचेका भने होइनन् । तर आफ्नै देशमा आफ्नै परिवारसँग रमाउँदै, कमाउँदै बस्ने उनको रहर थियो । उनी भन्छन, ‘कमाउनको लागि भएपनि विभिन्न देशमा भासिनु पर्ने थियो ।
\"\"
तर जीवन विकासले मेरो छोरा–छोरीको भविष्य बनाउन पनि सहयोग गर्यो ।’ ह्याप्पीका एक छोरा र एक छोरी छन । श्रीमती, आमा र आफु गरेर परिवारमा जम्मा ५ जना सदस्यहरु छन । उनीहरुको आम्दानीको मुख्य स्रोत भनेकै रिक्सा हो ।  उनी भन्छन, ‘सिटी रिक्सा नहुँदा घर खर्च चलाउन नै समस्या हुन्थ्यो । त्यसमाथि छोराले कम्प्युटर इन्जिनियरमा नाम निकाल्यो । कोटामा निकालेको भएपनि सामान्य खर्चले छोराछोरी पढाउन भने मुस्किल नै हुन्छ ।’

जीवन विकासले विराटनगर क्षेत्र आसपासमा रहेका दैनिकी चलाउन पनि ग्राह्रो हुने घर–परिवारलाई सहयोग गर्ने गरेको लघुवित्तमा उद्यम तथा ग्राहक सुरक्षा मामिलामा कार्यरत मनोज शर्माले बताए । संस्थाले रोजगारीको आधार नै नभएकाहरुको लागि रोजगारीका बाटाहरु सिर्जना गर्नेेदेखि मेहेनत गर्छु भन्ने व्यक्तिहरुका लागि सिप सिकाएरै भएपनि काम गर्न सक्ने वातावरण बनाएको शर्माले बताए ।  

\"\"