कर्मचारीको तलव तथा बोनसका लागि बैंकहरुले खर्चिए साढे ४२ अर्ब रुपैयाँ, कुन बैंकको कति ?

कर्मचारीको तलव तथा बोनसका लागि बैंकहरुले खर्चिए साढे ४२ अर्ब रुपैयाँ, कुन बैंकको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीको तलव तथा बोनसका लागि ४२ अर्ब ५१ करोड ४८ लाख खर्च गरेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले ३४ अर्ब ४९ करोड २५ लाख रुपैयाँ तलब दिएका हुन् भने ८ अर्ब २ करोड २२ लाख ५६ हजार रुपैयाँ छुटाएका छन् ।
बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमास चैतसम्म कर्मचारीको बोनसका छुट्याएको रकम ५१ प्रतिशतदेखि १४ प्रतिशतसम्म रहेको छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

चालु आर्थिक वर्ष साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा २६ वटा बैंकहरुले कर्मचारीको तलबको ५१ प्रतिशतभन्दा बढी बोनस छुटाएका छन् । बैंकका कर्मचारीहरूले बोनस समेत जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई अहिले सबैभन्दा आकर्षण जागीर मान्ने गरिन्छ ।

चालु आवको यो अवधिमा कर्मचारीलाई बोनस दिनेमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले ४३ करोड ३३ लाख २१ हजार रुपैयाँ कर्मचारीका लागि बोनस छुट्याएको छ । बैंकको कुल कर्मचारी खर्चको ५१.७ प्रतिशत बोनस हो । बैंकको कर्मचारी खर्च ८३ करोड ७४ लाख १० हजार रुपैयाँ छ ।

कर्मचारीलाई बढी बोनस छुट्याउने बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकले कर्मचारीहरूको बोनसका लागि ३९ करोड ३२ लाख १६ हजार रुपैया छुट्याएको छ । यो कुल कर्मचारी खर्चको साढे ४५ प्रतिशतन हो । बैंकको कुल कर्मचारी खर्च भने यो अवधिमा ८६ करोड ४० लाख २९ हजार पुगेको छ ।

कर्मचारीलाई धेरै बोनस बाढ्नेमा स्ट्यान्डर्ड चाटर्ड बैंक तेस्रो स्थानमा रहेको छ । बैंकले कुल कर्मचारी तलबको ३९.७ प्रतिशत बोनस बाढेको छ । बैंकले ९ महिनामा २५ करोड ८५ लाख ३५ हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकले कर्मचारीको तलवका लागि ६५ करोड १९ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसरी नै चौथो स्थानमा नबिल बैंक रहेको छ । बैंकले यो अवधिमा कर्मचारीको बोनसको लागि २५ करोड ८५ लाख ३५ हजार रुपैयाँ बोनस छुट्याएको छ । बैंकले छुट्याएको यो बोनस कुल कर्मचारी खर्चको ३९७ प्रतिशत हो । बैंकले कर्मचारीका लागि भने यो अवधिमा ६५ करोड १९ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।

ग्लोबल आईएमई बैंकले २९.२ प्रतिशत, एनएमबी बैंकले २७.८ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्शले २६.२ प्रतिशत, मेगा बैंकले २६.२ प्रतिशत बोनस छुट्याएका छन् ।

सानिमा बैंकले २५.७ प्रतिशत, एनआईसी एसिया बैंकले २४.२ प्रतिशत, हिमालयन बैंकले २४.१ प्रतिशत, सिटिजन्स बैंकले २३.४ प्रतिशत, एभरेष्ट बैंकले मेगा बैंकले २२.१ प्रतिशत बोनस कर्मचारीका लागि व्यवस्था गरेको छ ।

सेन्चुरी बैंकले यो अवधिमा कर्मचारी बोनसको लागि कुल कर्मचारी खर्चको २१.८ प्रतिशत रकम बोनसका लागि छुट्याएर कर्मचारीलाई सेवा सुविधा दिने बैंकको १४ औं स्थानमा परेको छ । नेपाल बंगलादेश बैंकले कर्मचारी बोनसको लागि २१.५ प्रतिशत रकम छुट्याएको छ भने राष्ट्रिय वाणिज्य बैंकले २०.९ प्रतिशत बोनस छुट्याएको छ ।

बैंकहरूको ९ महिनाको वित्तीय विवरण अनुसार कृषि विकास बैंकका कर्मचारीले सबैभन्दा कम बोनस पाउने देखिएको छ । बैंकका कर्मचारीले कुल तलबको १४.४ प्रतिशत बोनस पाउने छन् । कम बोनस पाउने दोस्रो बैंकमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मी बैंकले कुल कर्मंचारी खर्चको १४.९ प्रतिशतमात्रै कर्मचारी बोनसका लागि छुट्याएको छ ।

त्यसरी नै प्रभु बैंक पनि कर्मचारीलाई कम बोनस दिने बैंकको तेस्रो स्थानमा रहेको छ । प्रभु बैंकले कर्मचारी बोनसको लागि १५.२ प्रतिशत रकम छुट्याएको छ ।