एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता वीरगञ्जमा सम्पन्न

एनआईसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता वीरगञ्जमा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले आदर्श नगर बीरगञ्जमा तेश्रो प्रदेश स्तरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझी र प्रमुख संचालनरलगानी अधिकृत मनिष घिमिरेले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो ।

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौं उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ । नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँीजबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा ७० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने व्यहोरा जानकारी गराईन्छ ।