काठमाडौं – सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले असोज २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने निर्णयको गरेको छ। यसको अर्थ असोज ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको कुल १८.३८११ प्रतिशतले हुन आउने ७६ करोड ९० लाख ६५ हजार २२४ रुपैयाँबराबरको बोनस शेयर अनुमोदन गर्नेछ। सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा गाभिई एकीकृत कारोबार सुरु भएको मिति २०७९ चैत ९ गतेदेखि २०८१ असोज १० गतेसम्म कम्पनीको शेयर नियमानुसार खरिदबिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरुले नियमानुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभांश कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर दाखिला हुने कम्पनीले जनाएको छ।
बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि भएर ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २२४ रुपैयाँ पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनिन सभाले अनुमोदन गर्नेछ।
पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।






About Us
प्रतिक्रिया