काठमाडौं – सहकारीको नौ करोड रुपैयाँ ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । झन्डै दुई वर्षदेखि फरार रहेका उनी गत बुधबार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्णविरुद्ध ५० जना भन्दा बढीले बचत रकम दिलाइदिन र ठगी गर्नेलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसकेका छन्। सहकारीका २६ जनाविरुद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ ।
कर्ण २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन्। सहकारीको अध्यक्ष रहेर मासिक रूपमा तलब लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
प्रतिक्रिया