काठमाडौं – नेपाल बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव थानप्रसाद पंज्ञानी आएका छन् । पंज्ञानीलाई अर्थमन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।
यसअघि बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयकै सहसचिव उत्तरकुमार खत्री थिए । खत्रीको स्थानमा आएका पंज्ञानीले पदभार ग्रहण गरिसकेको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया