काठमाडौं– स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।
डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो। २०८० मंसिर १३ मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया