काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी रहेका समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रह्यो ।
कार्यक्रमलाई सम्बोध गर्दै कार्यक्रमका रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराउदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए ।
नीजि क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे । कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरु व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् ।
सोहि अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना÷सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य काहरु भैरहेको र १ बाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराइन् । सहकारीबाट उत्पादीत चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल रहेको जानकारी गराइन् । वार्षिक ५ मेट्रिक टन भन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्व भन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहको बताए । सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहायोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्किृत गर्ने परिपाटिको विकास भएको लगायतको विषयमा जानकारी गराउदै सचिव राउतले ब्अत शंसोधनको काम भैरहेको जानकारी गराए । एसएम्इजलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको र त्यसकालागि निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले सहकार्यकालागि अनुरोध समेत गरे ।
त्यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मा निर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता रहेको बताइन् ।
दुई दिने कार्यशाला गोष्ठीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



About Us
प्रतिक्रिया