वीरगञ्ज – मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन् ।
बीमा नगर्दा मनसुनजन्य र आगजनीका घटना भए पनि प्राप्त गर्न सकिने लाभबाट वञ्चित भइरहेका छन् । मधेसको कुल जनसङ्ख्या ६१ लाख १४ हजार छ सय छभने जीवन बीमा गर्नेको सङ्ख्या भने कुल जनसङ्ख्याको आठ दशमलव ९५ प्रतिशत छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेस प्रदेशमा बर्सेनि बाढी र आगजनीका घटना हुने गरे पनि बीमा गर्नेतर्फ सर्वसाधारणको रुचि नभएको बताए । ‘मधेस प्रदेशमा गरिबीको रेखामुनि धेरै सर्वसाधारण छन् । यस्तो अवस्थामा प्रदेश सरकारले बीमा गरिदिने संस्कारको विकास हुन जरुरी छ’, उनले भने।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०र८१ सम्म मधेस प्रदेशमा निर्जीवन बीमाको जारी बीमालेख सङ्ख्या तीन लाख २६ हजार दुई सय ६७ रहेको छ । बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको प्रतिशत भने छ दशमलव ४१ प्रतिशत छ ।
आव २०८०/८१ सम्म मधेस प्रदेशमा सक्रिय बीमालेखको सङ्ख्या पाँच लाख १५ हजार दुई सय ७३ छ । गत आवसम्ममा यो प्रदेशमा कृषि बीमा गर्ने पनि कम छन् । प्रदेशमा बालीको जारी बीमालेख सङ्ख्या तीन सय ४० छ । त्यस्तै पशुपक्षीको जारी बीमालेख सङ्ख्या ११ हजार पाँच सय ११ छ ।



About Us
प्रतिक्रिया