नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त



काठमाडौं – नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । पंज्ञानीले यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहनु भएका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा नियुक्त भएका हुन्। अब उनले नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

उनले २०८१ साल भदौ २७ गतेका दिन नेपाल बैंकका सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नेपाल बैंकले नयाँ सञ्चालकको नियुक्तिसँगै आगामी दिनमा बैंकको रणनीतिक निर्णयमा थप सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।