काठमाडौँ– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत साउन १७ गते सीईओका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका मध्ये सुशील ज्ञवाली, घुराज काफ्ले, भीष्मराज ढुंगाना, रामदेव यादव र विष्णुप्रसाद भट्टराईको नाम सर्ट लिस्टको सूची परेको थियो ।
सर्ट लिस्टमा परेका मध्ये ३ जनाको नाममध्ये ज्ञवालीलाई सीईओ बनाउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया