नेपाल आयल निगममा ३५ जना कर्मचारी माग



काठमाडौं – नेपाल आयल निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जनाबाट दरखास्त आह्वान गरेको हो ।

निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग गरेको छ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति भदौ २८ ले २१ दिनभित्र र दोब्बर दस्तूर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।