काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा उनले यस्तो बताएकी हुन् ।
लामो समयदेखि सुदूरपश्चिमका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै उनले कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि सो मञ्चलाई आग्रह गरिन् । त्यस अवसरमा सरोकार मञ्चले मन्त्री डा. राणालाई सम्मान प्रदान गरेको थियो ।



About Us
प्रतिक्रिया