काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँलाई लक्षित गर्दै असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ। विगतका वर्षमा नयाँ नोट दिँदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी असाेज १३ गतेदेखि २२ गतेसम्म सटही सुविधा खुलाउन लागेको हो।
राष्ट्र बैंकले यसअघि दसैँमा साना तथा ठुला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। यसपटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गर्नेछ ।
राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दसैँमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो। दसैँमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने केन्द्रीय बैंकले जनाएकाे छ ।
प्रतिक्रिया