काठमाडौं– स्मार्टचोइस टेक्नोलोजीज लिमिटेडले ‘तिर्की दाउ : ट्रायल अफर’ सार्वजनिक गरेको छ ।
यस, अफर अन्तर्गत एससिटि युपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीएसओ मार्फत विद्युतीय कारोबार गर्दा ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म एससिटि युपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्न एससिटिसंग आवद्ध बैंक तथा वित्तिय संस्थाहरुमा गएर प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको एससिटि युपीआई डेबिट कार्ड प्रयोग गरेमा१११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएकाे छ ।
साथै, भारतमा पनि नेपाली रुपैया“ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैया“ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु एससिटि को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।
प्रतिक्रिया