काठमाडौँ– नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताबाट विवाद समाधान गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरणबाट मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाका माध्यमबाट विवादको निरुपण गर्ने सम्बन्धमा कार्यविधिगत व्यवस्था गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि लागू गरिएको हो।
बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै उजुरीमा वा बीमक, बीमित वा बीमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवादको निरुपण गर्न प्राधिकरणमा निवदेन पेश गनुपर्ने हुन्छ । ।सो मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि संसोधन गर्दै बीमा प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो । निवेदनमा प्राधिकरणको सञ्चालक समिति आफैँले वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत यो कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी विवादको निरुपण गराउन सकिनेछ।
यसका लागि मध्यस्थता समिति गठन गरिनेछ। समितिको संयोजकमा प्राधिकरणका अध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्राधिकरणका कार्यकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख, उजुरी शाखाका प्रमुख र अध्यक्षले तोकेको उजुरी शाखाका एकजना अधिकृत रहनेछन्।
प्रतिक्रिया