काठमाडौं – ड्रिम स्किन नेपालले लाजिम्पाट त्रिसरामा आफ्नो नयाँ स्टोरको उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले गरे ।
राजदूत पार्क ताए योङले नेपाली बजारमा कोरियाली उत्पादनको उपस्थिति विस्तार गर्न सम्भावित भावी सहकार्यका लागि उत्साह व्यक्त गर्दै भरे । ‘विश्वभर नै चर्चित रहेका कोरियन स्किन केयरका उत्पादनहरू नेपालमा देख्न पाउँदा म धेरै खुसी छ,’ उनले भने ।
यसअघि ड्रिम स्किनको पहिलो स्टोर मध्य बानेश्वरमा सञ्चालनमा थियो । ड्रिम स्किन नेपालका निर्देशक दिलीप कुमार यादवले कोरियाली स्किन केयर, हेयर केयर र कस्मेटिकका साँच्चै विश्वस्तरीय रहेको बताए ।
‘हामी भविष्यमा हाम्रा उत्पादनहरूको दायरा विस्तार गर्ने योजनामा छौं । यस्तो प्रेरणादायी व्यक्तित्व राजदूत पार्क ताए ( योङ लाई कार्यक्रममा पाउँदा एकदमै हर्षित भएका छौं,’ उनले भने ।
प्रतिक्रिया