काठमाडौं– नेपाल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरेको छ । कम्पनी सञ्चालक समितिले पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।
पोखरेलसँग साबिक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा पनि काम गरेका थिए ।
पोखरेलले आफ्नो अर्को कार्यकालमा संस्थामा प्रतिवद्ध भएर काम गर्ने बताए ।
प्रतिक्रिया