सिद्धार्थ बैंकका ग्राहकले अकामा होटलको सेवामा छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकले अकामा होटलको सेवामा छुट पाउने


काठमाडौं– सिद्धार्थ बैंक र अकामा होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुविधामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ुसिद्धार्थ रिवार्डसु नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।