साधारण सभाबाट पारित भयो नबिल बैंकको ५ अर्बको अग्राधिकार शेयर

साधारण सभाबाट पारित भयो नबिल बैंकको ५ अर्बको अग्राधिकार शेयर


काठमाडौं– नबिल बैंकको विशेष साधारणसभाले अग्रानधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार बसेको विशेष साधारणसभाले ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृतीपछि जारी हुने गरी पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पेस गरेको थियो ।

यससँगै साधरण सभाले पेस भएका सबै प्रस्तावहरु पारित गरेको छ ।