काठमाडौं– सुपरमाई हाईड्रोपावरले आफ्ना शेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित ५ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजारनगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया