बैंकिङ्ग प्रणालीमा एकैदिन ४ अर्बले बढ्यो निक्षेप, अन्य सूचक कस्ता ?

बैंकिङ्ग प्रणालीमा एकैदिन ४ अर्बले बढ्यो निक्षेप, अन्य सूचक कस्ता ?


काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ १३ गते बिहीबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ६१ अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ १२ गते बुधबार ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एक दिनमा ४ अर्बको वृद्धि देखिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ५ अर्बले बढेको छ । भदौ १२ गते ५७ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले १३ गते ५७ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेका थिए ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ४ अर्बले बढेको छ । गत बुधबारसम्म ५१ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले बिहीबार ५१ खर्ब ९३ अर्ब प्रवाह गरेका छन् ।

त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह ४ अर्बले बढेको छ । बुधबार ४५ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले बिहीबार ४५ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका छन् ।  राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९५ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।