स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकाे हाे ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । यदी ३५ दिनभित्र संस्थापकले सो शेयर नकिनेको खण्डमा भने कम्पनीले सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।