काठमाडौं – एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय बैठकले गरेको छ ।
बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाइ अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८. २५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार शेयर जारी गर्नेछ ।
प्रतिक्रिया