सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक

सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक


काठमाडौं– सानिमा रिलायन्स लाइफले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०७९–८० का लागि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । साथै, सावधिक जीवन बीमा एकल बीमापोलिसीमा न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् । त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम् २० रुपैयाँदेखि अधिकतम् ३० रुपैयाँसम्म बोनस पाउनेछन् । दम्पत्ति सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँ देखि अधिकतम ३० रुपैयाँ प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।