काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ ११ गते मंगलबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५३ अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ १० गते सोमबार ६४ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ५ अर्बको वृद्धि देखिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ५ अर्बले नै बढेको छ । भदौ ११ गते ५७ खर्ब २७ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले १० गते ५७ खर्ब २२ अर्ब निक्षेप संकलन गरेका थिए ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ५ अर्बले नै बढेको छ । गत सोमबारसम्म ५१ खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले मंगलबार ५१ खर्ब ८८ अर्ब प्रवाह गरेका छन् ।
त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह पनि ५ अर्बले नै बढेको छ । सोमबारसम्म ४५ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंगलबार ४५ खर्ब ९१ अर्ब कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९९ प्रतिशतबाट घटेर ७९.०४ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया