काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोको ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर किन्न ईच्छुक सर्वसाधारण व्यक्ति संघसस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने जनाएको छ ।
प्रतिक्रिया