काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ ९ गते आइतबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५० अर्ब बराबरको निक्षेप संकलन भएको छ । भदौ ८ गते शुक्रबार ६४ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा ३ अर्बको वृद्धि देखिएको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि ३ अर्बले नै बढेकाे छ । भदौ ८ गते ५७ खर्ब २० अर्ब निक्षेप संकलन गरेका बैंहरुले ९ गते २७ खर्ब २३ अर्ब निक्षेप संकलन गरेका थिए ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ५ अर्बलेल बढेको छ । गत शनिबारसम्म ५१ खर्ब ७९ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले आइतबार ५१ खर्ब ८४ अर्ब प्रवाह गरेका छन् ।
त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाह पनि ५ अर्बले नै बढेको छ । शनिबारसम्म ४५ खर्ब ८२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४५ खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९१ प्रतिशतबाट बढेर ७८.९६ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया