नेपाली युवा निर्माण व्यवसायी समुदायको नयाँ कार्यसमिति चयन, अध्यक्षमा चन्द

नेपाली युवा निर्माण व्यवसायी समुदायको नयाँ कार्यसमिति चयन, अध्यक्षमा चन्द


काठमाडौं – नेपाली युवा निर्माण व्यवसायी समुदायको अध्यक्षमा वसन्त बहादुर चन्द निर्वाचिन बनेका छन् । समुदायको दशौं वार्षिक साधारणबाट चन्दको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित बनेको हो ।

नवगठित कार्य समितिको प्रथम उपाध्यक्षमा राजु फुयाल, द्धितिय उपाध्यक्ष भिम वहादुर पाल र तृतिय उपाध्यक्षमा निर्माण गौली निर्वाचित भएका छन् । सभाले महासचिवमा सौरभ शर्मा र कोषाध्यक्षमा अर्जुन दाहाललाई चयन गरेको छ ।

कार्य समितिको सदस्यमा रामजी पन्त, करुण श्रेष्ठ, उज्वल गौतम, जेविन शाही, अरुण घिसिङ, परितोष गुप्ता, राजेन्द्र महतारा र सिद्धान्त मणिराज सर्वसम्मत चयन भएका छन् ।

नेपालको निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यसहित स्थापित संस्थाले विगत १० वर्षमा देशमा आधुनिक प्रविधि तथा सिप भित्र्याउन पहल गर्दै आएको छ ।

यसका साथै नेपाली युवा निर्माण व्यवसायीलाई विभिन्न किसिमले सक्षम बनाउन समेत सहयोग गर्दै आईरहेको छ । देशका युवा पुस्ताका निर्माण व्यवसायीहरु आवद्ध रहेको संस्थाले पेशागत रुपमा निर्माणको कार्य गर्नु पर्दछ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै देशमा दिगो विकासका लागि कार्य गरिरहेको छ ।