अन्तरबैंक ब्याजदर फेरि कोरिडोरको सीमाभन्दा तल

अन्तरबैंक ब्याजदर फेरि कोरिडोरको सीमाभन्दा तल


काठमाडौं – बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिदा अन्तरबैंक ब्याजदर घटेको छ । बैंकिङ्ग प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर फेरि घटेको हो । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ८ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ । अघिल्लो दिन पनि अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत नै थियो । भदौ ८ मा बैंकहरुको औसत सीडी रेसियो पनि ७८.९१ प्रतिशत रहेको छ । अघिल्लो दिन औसत सीडी रेसियो ७८.८९ प्रतिशत थियो ।

‘ब्याजदर कोरिडोरसम्बन्धी कार्यविधि २०७६’ अनुसार कोरिडोरको माथिल्लो सीमा बैंकदर र तल्लो सीमा निक्षेप संकलन बोलकबोल दर तोक्दै अन्तरबैंक ब्याजदर यही बीचमा राख्ने लक्ष्य छ । हाल बैंकदर ७ प्रतिशत र निक्षेप संकलन दर तीन प्रतिशत कायम रहेकाले ब्याजदर कोरिडोरअनुसार दैनिक अन्तरबैंक ब्याजदर यहीबीचमा कायम राख्नुपर्छ ।