मनकामना स्मार्ट लघुवित्तको बोनस पाउन कर तिर्नुपर्ने

मनकामना स्मार्ट लघुवित्तको बोनस पाउन कर तिर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस पाउन लगानीकर्ताले बोनसमा लाग्ने कर तिर्नुपर्ने भएको छ । सेयरधनीले कर नतिरे बोनस नपाउने भएका हुन् ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सो बोनस संस्थाको पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो ।

लघुवित्तले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले २०७७ साल साउन ११ पश्चात् सेयर खरीद गरेका वा प्राथमिक सेयर निष्काशनमा बाँडफाँडमा परी हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

साथै बुकक्लोजको समयसम्म कर्जा लिएर सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस भने सम्बन्धीत संस्थाबाट फुकुवापत्र (नो अब्जेक्सन लेटर) प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत सूचनामा उल्लेख गरेको छ ।

लघुवित्तले हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका लगानीकर्ताको हकमा सेयर अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् ।