काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५९ रुपैयाँ रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.९६ रुपैयाँ रहेको छ ।
आज युरोपियन युरो एकको खरिद दर १४९.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ९१. ३३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५।७१ रुपैयाँ र बिक्री दर ३५।८७ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।
हेर्नुहोस् कुन देशको मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया