आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा बैशाख ९ गते

आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा बैशाख ९ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी बैशाख ९ गते शुक्रबार २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले बैशाख ९ गते शुक्रबार चौबिसौं वार्षिक साधारण सभा डाकेको हो ।

सभा लैनचौर बैङ्क्वेट्स लैनचौरमा बिहान १० बजे सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र बोनसको कर प्रयोजनार्थ कर प्रयोजनका लागि ०.३७ प्रतिशत अर्थात ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 

यस्तै कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड पुर्याउने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु उपर पनि छलफल गरि पारित गर्नेछ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म सेयर दाखिल खारेजी -बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन् ।