काठमाडौं – नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कंडेल, वस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
यस्तै महासचिवमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएका छन् । यसबोहक सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह चयन भएका छन् ।
मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम समेत सदस्यमा चयन भएका छन् । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ ।
प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताए ।
अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने अध्यक्ष अग्रवालले बताए ।
प्रतिक्रिया