ज्योति विकास बैंकको शेयर सर्वसाधारणका लागि बिक्री खुला

ज्योति विकास बैंकको शेयर सर्वसाधारणका लागि बिक्री खुला


काठमाडौं – ज्योति विकास बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेकाे छ । बैंकले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

क्त शेयरमा जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ।