काठमाडौं – गोरक्ष हाइड्रोपावरले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आगामी असोज ३ गते होटल इन्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड र जारी पुँजी १ अब ३० करोड पुर्याउने प्रस्ताव पेश हुनेछ ।
प्रतिक्रिया