प्रुडेन्सियल इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा वैशाख ११ गते, बुक क्लोज चैत २४ मा

प्रुडेन्सियल इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा वैशाख ११ गते, बुक क्लोज चैत २४ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्सले २० औं वार्षिक साधारणसभा आगामी वैशाख ११ गते गर्ने भएको छ। सभा दिउँसो साढे १२ बजेपछि विराटनगरको दियालो लर्डस प्लाजामा हुने सूचना कम्पनीले जारी गरेको छ। 

विशेष प्रस्तावतर्फ सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कायम चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले यही चैत २४ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जस अनुसार चैत २३ सम्म कायम सेयरधनीहरु मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र वार्षिक सभामा भाग लिन योग्य हुनेछन्।