काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब बढी आयकर तिरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ्ग क्षेत्रले सरकारलाई नाफा बापत २९ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर तिरेको नेपाल नेपाल राष्ट्र बैंककाे तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक रहेकाे छ । नबिलले गत आवमा २ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ५७ करोड, ग्लोबल आइएमई बैंकले २ अर्ब ५५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब १४ करोड रुपैयाँ करका लागि छुट्याएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले १ अर्ब ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब ६४ करोड, कुमारी बैंकले १ अर्ब ६२ करोड रुपैयाँ र नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ रूपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब २३ करोड रूपैयाँ कर तिर्ने भएका छन् ।
यसैगरी नेपाल बैंकले १ अर्ब २३ करोड, हिमालयन बैंकले १ अर्ब २० करोड, एनएमबि बैंकले १ अर्ब र सानिमा बैंकले ९७ करोड रुपैयाँ, नेपाल एसबिआईले साढे ८६ करोड, सिटिजन्स बैंकले ले ७४ करोड, माछापुच्छ्रे बैंकले ७९ करोड र एनआईसी एशिया बैंकले ५४ करोड रुपैयाँ करका लागि छुट्याएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार वाणिज्य बैंकहरुले सरकारलाई कर तिर्ने गरेका छन् । तथ्यांकअनुसार गत आवमा बैंकहरुले तिर्ने कर १३ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव २०७९/८० मा २० वाणिज्य बैंकहरुले २५ अर्ब ९६ करोड ४२ लाख ४७ हजार रुपैयाँ आयकर तिरेका थिए ।
प्रतिक्रिया